खोटाङ । जनता समाजवादी पार्टी (जसपा) खोटाङले संघीय परिषद अध्यक्ष अशोक राईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

जसपा जिल्ला समन्वय समितिको बैठकले अशोकसँगै राजनीतिक समिति सदस्य डा.कृष्णकुमार राईको नाम पनि सिफारिस गरेको छ । अशोकले खोटाङबाट २०४८ र ०५१ सालको चुनाव जितेका थिए ।

०७४ मा भने उनी सुनसरी-१ बाट उम्मेदवार थिए ।

तपाईको प्रतिक्रिया