तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा सुरक्षित र निःशुल्क गर्भपतन सेवा सम्बन्धी दुई दिने जिल्ला स्तरिय सेवा प्रदायक सहयोगी समुह अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला अस्पताल सहित तेह्रथुमका दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र र ११ वटा स्वास्थ्य चौकीका ५४ जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रम निशुल्क सुरक्षित गर्भपतन सेवा सम्वन्धी सेवा प्रदायकहरु तथा स्वास्थ्य प्राविर्धिकहरुको सकारात्मक सहयोग जुटाउने उदेश्यले आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. मुक्ति नारायण शाह, डा.रोहितकुमार झा, पव्लीक हेल्थ नर्स अनिता सुव्वा, तथ्याङ्गक सहायक वलराम मगर, आइपास नेपालका थमकुमारी कुँवर र केदार भण्डारी, गर्भपतन सेवा प्रशिक्षक अञ्जुला कार्की, पुर्वाञ्चल स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत अस्मिता ओझा लगायतले सहजीकरण गर्नुभयो ।

समापन कार्यक्रममा सहभागीकोतर्फ बाट देउकुमार राई र महिन्द्रकुमारी खड्काले कार्यक्रम फलदायी भएको धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया