काठमाडौं । प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक भएको छ। हिन्दी र नेपाली दुई भाषामा सार्वजनिक टिजरमा प्रदीप एक्सन अवतारमा प्रस्तुत भएका छन्।

पहिलो टिजरबाट निकै प्रशंसा बटुलेका प्रदीप दोस्रो टिजरमा पनि दमदार रुपमा प्रस्तुत भएका छन्। टिजरमा उनलाई सात गाउँको नायकका रुपमा देखाइएको छ।
प्रदीपको साथमा नायिका कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत लगायतका कलाकार पनि टिजरमा देखिएका छन्। फिल्मका दुई टिजर हेरेर बक्स अफिसमा राम्रो कारोबारको अपेक्षा बढेको चलचित्रकर्मीले बताउन थालेका छन्।

यो फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज हुँदै छ। भारतका झण्डै ७ सय हलमा फिल्म रिलिज हुने निर्माता समेत रहेका निर्देशक सन्तोष सेनले बताएका छन्।

सेनसँग फिल्म निर्देशनमा स्वर्गीय छेतेन गुरुङले सहकार्य गरेका छन्।

तपाईको प्रतिक्रिया