काठमाडौं । सर्वोच्च अदालतको आदेशमा डा. गोविन्द केसीलाई पक्राउ गरिएकोमा नेतादेखि नागरिकसम्म आक्रोशित भएका छन् । आइतबार बेलुकी डा. केसीलाई पक्राउ गरिएलगत्तै फेसबुक र ट्वीटरमा आक्रोश छाएको छ ।

आमनागरिकको मुद्दा छिनोफानो गर्न वर्षौं लगाउने अदालतले डा. केसीबारेको मुद्दा एकैदिन दर्ता गर्ने, त्यही दिन बहस गरेर आदेश दिने र लगत्तै पक्राउ गर्ने घटनाले सबै आश्चर्यचकित भएका छन् ।

धेरैले गणतन्त्रमा आफूलाई लागेको कुरा बोल्न पाइने भएकाले प्रधानन्यायाधीश या न्यायाधीश र अदालतबारे असन्तुष्टी व्यक्त गर्दैमा मानहानी नहुने तर्क गरेका छन् ।

बिरामीको उपचारका लागि जहाँ पनि पुग्ने र जुनसुकै समय पनि निकाल्ने डा. केसीलाई अन्याय भएको आमनागरिकको गुनासो छ ।

आफूलाई नसोधी पक्राउ गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समेत असन्तुष्टि जनाउनुभएको छ । अरु नेता, कार्यकर्ता र नागरिकले फेसबुक र ट्वीटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् ।

तपाईको प्रतिक्रिया