काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा जस्तो गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे विभाजित नरहेको बताएका छन् ।

उनले पार्टीभित्र सबै नेताहरु गठबन्धनको पक्षमा रहेको बताए । सोमबार बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा महामन्त्री थापाले चुनावी मुद्धामा समेत साझा धारणा बनाएर जानुपर्ने प्रस्ताव गरेका थिए ।

‘स्थानीय चुनावमा जस्तो गठबन्धनमा जाने र नजाने भन्ने कांग्रेसमा अहिले छैन, गठबन्धन गरेर जानुपर्छ,’ उनले भनेका थिए, ‘तर गठबन्धन गर्दा सन्तुलन मिलाउनुपर्छ। हामीलाई केही मुद्दा चाहिन्छ, सिट बाँडफाँटको कुराले मात्रै आममतदातालाई चित्त बुझाउन सकिन्न ।’

महामन्त्री थापाले गठबन्धनको औचित्य र आवश्यकतासँग मतदातालाई जोड्न सकेमात्रै गठबन्धनका उम्मेदवार विजयी हुन सक्ने बताए ।

‘गठबन्धनको औचित्य र आवश्यकतासँग जोडिएका मुद्दामा साझा धारणा बनाएर जानुपर्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया