काठमाडाैँ । नेपाल बैंकर्स संघको अध्यक्षमा नेपाल बंगलादेश बै‌कका ज्ञानेन्द्रप्रसाद ढुंगाना निर्विरोध चयन हुनुभएको छ । उहाँ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्छ । बैंक अफ काठमाडौंबाट बैंकिङ करीयर सुरु गनुृभएका उहाँ एनसीसी बैंक हुँदै एनबी बेंकको प्रमुख कार्यकारी अधिकृत हुनुभएको हो ।

संघको उपाध्यक्ष रहनुभएका ढुंगाना अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । एशोसिएशनको विशेष साधारण सभाले उहाँलाई निर्बिरोध रुपमा चयन गरेको हो । गत मंसिर २ गते अध्यक्षमा निर्वाचित भएका बैंकर अनिल केशरी शाह यस अघि संघको अध्यक्ष हुनुहुन्थ्यो । उहाँको मेगा बैंकमा समय सकिएपछि अध्यक्ष पद स्वतह खाली भएको थियो ।

शाहले गत महिनानै मेगा बैंकमा अवधिका कारण पदबाट राजिनामा दिनुभएको थियो । बैंकर्स संघमा पदाधिकारी रहन वा अध्यक्ष हुन कुनै पनि बैंकमा प्रमुख कार्यकारी अधिकृत हुनुपर्छ । बैंकबाट बाहिरीना साथ संघबाट स्वतह बाहिरीने विधानमा उल्लेख छ । बैंकर्स संघ वाणिज्य बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था हो ।

तपाईको प्रतिक्रिया