तेह्रथुम । तेह्रथुमबाट धनकुटाका लागि छुटेको पिकअप भ्यानबाट खसेर एकजनाको ज्यान गएको छ । दुर्घटनामा धनकुटाको छथर जोरपाटीगाउँपालिका–५ का १७ वर्षे दासाङकुमार तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहीबार राति साढे ९ बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको जिल्ला अस्पताल धनकुटा लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो । शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।