धनकुटा । प्रदेश नम्बर–१ को राजधानी धनकुटामा कायम हुनुपर्ने माग गर्दै आन्दोलनमा रहेका धनकुटेलीले बिहीबार क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गरेका छन् ।

प्रदेश राजधानीका लागि भौतिक संरचना अध्ययन गर्नेक्रममा क्षेत्रीय प्रशासकले मनोमानी गरेको आरोप लगाउँदै उनीहरुले कार्यालय भवनको गेटमा तालाबन्दी गरेका हुन् ।
धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजेन्द्र राईको नेतृत्वमा गएका आन्दोलनकारीले कार्यकक्षमा रहेका कर्मचारीलाई बाहिर निकालेर ताला लगाएका थिए ।
क्षेत्रीय प्रशासक राजेशमान सिंहसँग संवाद नभइन्जेलसम्म ताला नखोलिने निर्वाचित सांसद राजेन्द्र राईले बताए ।
धनकुटावासीले तालाबन्दी गरेपछि क्षेत्रीय प्रशासक सिंह सम्पर्क कार्यालय धरानबाट धनकुटातर्फ आउँदै गरेको जनाइएको छ ।