तेह्रथुम । आठराई गाउँपालिकाले ५७ करोड ७४ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँ सभाको शुक्रबारको बैठकमा उपाध्यक्ष बलिराज इङनामले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ५७ करोड ७४ लाख ८० हजार १५० रुपैयाँ बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् ।

गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमको अध्यक्षतामा सम्पन्न भएको सभालाई पूर्वभौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले सम्बोधन गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गुमानसिंह इश्वो र नेकपा माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाई समेत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया