तेह्रथुम । आठराई गाउँपालिका–४ को बरबोटेदेखि इवा हुँदै डेउडीबजारसम्मको सडक निर्माणकालागि ठेक्का लागेको छ ।

आठराई गाउँपालिकाले सडक निर्माणकालागि ठेक्का लगाएको हो । मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले सडक निर्माणकालागि ठेक्का लगाउने निर्णय गरेको प्रवक्ता कृष्ण बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार यसअघि नै ट्रयाक ओपन भइसकेको सो सडक निर्माणकालागि गाउँपालिकाले ८ करोड ४७ लाखमा ठेक्का लगाएको हो । गाउँपालिकाले तत्कालै निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरी काम अघि बढाउने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया