काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकले नागरिकता विधेयक संसदबाट अघि बढाउने निर्णय गरेको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक अघि बढाउने प्रस्ताव गरेका थिए । बुवा र आमा नेपाली नागरिक भए पनि उनीहरूका सन्तान नागरिकताविहीन हुनुपरेको अवस्था अन्त्य गर्न विधेयक अघि बढाउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रक्रियाहरू पूरा गरेर विधेयक संसदमा अघि बढाउने निर्णय भएको बताईएको छ । बैठकमा अहिले बढिरहेको महंगीबारे पनि छलफल भएको थियो। महंगीबारे सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने निर्णय भएको कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया