काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा एभोकाडोले सबैभन्दा महँगो खाद्यवस्तुको रेकर्ड कायम राखेको छ। एभोकाडो औसत प्रतिकिलो ४७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।

मसलातर्फ सुकेको खुर्सानी सबैभन्दा महँगो औसत प्रतिकिलो ३७५ रुपैयाँमा बिक्री भइरहेको छ। हरियो अंगुर २२५, किवि ४७५, कुरिलो २७५, हरियो अकबरे खुर्सानी २७५ र सुकेको खुर्सानी ३७५ रुपैयाँमा बिक्री भइरहेका छन्।

यस्तै, गाँजर ११०, कन्य च्याउ २४०, डल्ले च्याउ ३२५, ठूलो गोलभेडा ११०, तामा ११५ तथा ताजा माछा औसत प्रतिकिलो २४० देखि ३२० रुपैयाँमा बिक्री भइरहेका छन्। ब्रोकाउली १६५, भटमास कोसा ११५, आँप ८५, आलु ३४ देखि ४५ रुपैयाँ औसत प्रतिकिलोमा बिक्री भइरहेका छन्।

कागती १६०, जिरीको साग ९५, तामा ११५, तिते करेला ३०, तोरीको साग ४५, निगुरो ६५, पालुंगो साग ९५, पुदिना २७५ र प्याज औसत प्रतिकिलो ३९ देखि १७५ रुपैयाँमा बिक्री भइरहेका छन्।

तपाईको प्रतिक्रिया