काठमाडौं ।  काठमाडौंकी २४ प्रियंका रानी जाेशीले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् ।

शनिबार राजधानीमा सम्पन्न ग्रान्ड फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेसनलकाे उपाधि न्यान्सी खड्काले जित्दा सरिशा श्रेष्ठले मिस नेपाल अर्थकाे उपाधि जितिन् ।

त्यस्तै कार्यक्रमा ‘ब्यूटि विथ द पर्पज’ स्मारिका शर्माले जितिन् । सह-उपाधितर्फ मिस ब्यूटिफुल हेयर र मिस इन्टेलेक्चुअल राेज कँडेल, मिस फाेटाेजेनिक ममता ढकाल, मिस पपुलर च्वाइस न्यान्सी खड्का, मिस ग्ल्यामर साेफिया श्रेष्ठ, मिस डिलाइट प्रियंका रानी जाेशी, मिस कन्फिडेन्ट सरिशा श्रेष्ठ, फेस अफ २०२२ गंगा गुरुङ घाेषित भइन् ।

कार्यक्रममा निर्णायक थिए, पुर्व मिस नेपाल अनुश्का श्रेष्ठ, पुनम घिमिरे, डा. बलराम पाठक, नीति शाह, किशाेर महर्जन, नेपाल भूषण चन्द, निश्चल बस्नेत, लाक्पा वाङ्माे तामाङ, दीपक थापा, आयसा शाक्य, लेमी तामाङ । याे वर्ष मिस नेपाल आयाेजनाकाे २५ औं वर्ष हो ।

तपाईको प्रतिक्रिया