इनरुवा । केहि दिनयता बढेको अत्यधिक चिसोका कारण सुनसरी स्थित मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ । कोशी गाउँपालीका क्षेत्रका मुसहर बस्तीमा जाडोबाट बच्न कम्मल समेत नहुदा जनजीवन कष्टकर बनेको हरिपुरका बिलोक्षण सदाले जानकारी गराए । सदाले दुई दिनयता चलेको चिसो हवाले बालबालिका र बृद्धहरुलाई दिन कटाउन निकै मुस्किल भएको बताएका छन् ।

चिसो हवासंगै बढेको अत्यधिक जाडोले काम गर्न समेत जान नसकेको कोशी गाउँपालीका वडा ७ का अर्का शिव सदाले बताए । सदाले जाडो बाट बच्नका लागि तत्काल न्यानो कपडा सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया