लामो समयदेखि बहसको बिषय बन्दे आएको प्रदेशको राजधानी अस्थायी रुपमा भएपनि तोकिएपछि बिषयको च्याप्टर क्लोज भएको छ । प्रदेशको राजधानी माग गर्दै देशका बिभिन्न ठाँउमा प्रर्दशन र आन्दोलन हुँदै आएको थियो । मंगलबार सरकारले सातवटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेर सार्बजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको जानकारी दिए । प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ३ को भक्तपुरको ठिमी, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ ।

नयाँ खाका अनुसार प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ३ को भक्तपुरको ठिमी, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ । शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो ।

मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो । “टोलीले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुन्छ भनेर पठाएपछि हामीले खाका तयार भएको हो । “अब आवश्यक अध्ययनपछि मन्त्रिपरिषद्को बैठकले ती प्रस्ताव गरेका मुकामलाई तोक्ने छ ।” अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ । संवैधानिक रुपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोक्न सक्नेछ । भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी सरकारमुकाम तोकिएको छ । सम्भवत अब यो बहसको बिषय रहेन । तसर्थ प्रस्तावित राजधानीलाई नै स्वीकार गरेर अगाडी बढनु उपयुत्त देखिन्छ ।

धरान धनकुटा राजमार्ग अवरूद्ध

मोरङको बिराटनगरलाई प्रदेस नं १ को अस्थायी राजधानी ताकेको बिरोध गर्दै धनकुटावासीहरूले बुधबार कोशी राजमार्ग अन्तरगत धरान धनकुटा सडक खण्ड अवरूद्ध बनाएका छन । भौगोलिक तथा बाताबरणीय हिसाबले धनकुटा प्रदेशको राजधानी बन्न योग्य हुँदाहुदै बिराटनगरलार्य अस्थायी राजधानी तोकेको बिरोधमा धनकुटा बासीहरूले बुधबार धरान धनकुटा राजमार्ग अवरूद्ध गरेका हुन ।

बिना सुचना एकाएक राजमार्ग अवरूद्ध बनाएपछि लामो तथा छोटो दुरीका यात्रुबाहक बसहरू बिच सडकमै रोकीएका छन भने यात्रुहरू अलपत्र परेका छन । प्रदेश नं एकको राजधानी धनकुटा हुनुपर्ने माग गर्दै लामो समयदेखि धनकुटावासीहरू सरकारलाई दबाब दिन बिभिन्न दबाबमुलक कार्यक्रमहरू गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया