एजेन्सी । अमेरिकामा महँगी यति बढेको छ कि चार दशकयताकै रेकर्ड बनाएको छ। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार सन् १९८१ यताकै सर्वाधिक महँगीको सामना अमेरिकी नागरिकहरूले गरिरहेका छन्।

श्रम विभागका अनुसार अप्रिलमा ठीकठाक देखिएको मुद्रास्फिति मेमा बढेर ८.०६ प्रतिशत भएको छ।

बढ्दो महँगीका कारण नागरिकको दैनिक जीवनयापन मुस्किलमा परेको छ। सरकारमाथि महँगीको यो कहर नियन्त्रणमा राख्ने दबाब पनि बढेको छ।

अमेरिकाको केन्द्रीय बैंकले पनि गत मार्चदेखि बैंकहरूको व्याजदरमा बढोत्तरी गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले महँगीको यो कहर सामना गर्नुपरेको हो। तेल र गहुँजस्ता दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेको छ।

मे २०२१ को तुलनामा मे २०२२ मा दैनिक उपभोग्य वस्तुमा १० र ऊर्जामा ३० प्रतिशतभन्दा बढी मूल्य बढेको छ। त्यति मात्र होइन, एयर टिकट, कपडा र स्वास्थ्य सामग्रीको भाउ पनि अत्यधिक बढेको छ।

तपाईको प्रतिक्रिया