काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘चिसो मान्छे’ले फिल्म सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । रिलिजको करिब २ साता अगाडि फिल्मले यो सर्टिफिकेट पाएको हो । सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेरका दर्शकले हेर्न सक्नेछन् ।

शर्मिला पाण्डेको लगानी रहेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल मुख्य भूमिकामा छन् ।

सेन्सरबाट पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक खनालले बताए । असारको ३ गतेबाट रिलिज हुने यो फिल्मको ट्रेलरलाई दर्शकले रुचाएका छन् ।

तपाईको प्रतिक्रिया