विदुर खवास

धनकुटा । संखुवासभाको मुढे शनिश्चरे देखि धनकुटाको लेगुवाघाट जोड्ने १२ किलोमिटर ग्रामिण कृषि सडक संञ्चालनमा आएको छ । दुई बर्ष अघि निर्माण थालिएको पाँच मिटर चौडा १२ किलोमिटर सडकमा यातायात र ढुवानीका साधन संञ्चालनका लागि अनुमती दिईएको हो ।

ग्रामिण पुन निर्माण तथा पुन स्थापना परियोजनाको १६ करोड ८२ लाख रुपैयाको लागतमा निर्माणाधिन सडकको नाली बाहेक माटो कटिङ्ग, टेवा पर्खाल, मोडसुधार, ग्राभेल लगायत अन्य स्टक्चरको ९५ प्रतिशत काम सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ ।

सडक संचालनमा आए पछि संखुवासभा र धनकुटाकाको महालक्ष्मी नगरपालिका भित्र पर्ने चानुवा, डाँडागाउ, जितपुर, मारेक कटहरे, लेगुवा लगायतका स्थानका वासिन्दा लाई कृषि उपज निकासी र यातायात सेवा सहज भएको छ । धनकुटा, तेह्रथुम र संखुवासभाको संगममा रहेको पर्यटकीय गुराँसक्षेत्र तीनजुरे, मिल्के, जलजलेलाई मध्यपहाडी लोकमार्गमा जोड्ने यो नै यस क्षेत्रको सबैभन्दा छोटो सडक बनेको छ ।

जिल्ला समन्वय समिति, महालक्ष्मी नगरपालिका, जिल्ला प्राविधिक कार्यालय र स्थानीय प्रशासनले हस्तान्तरण हुन लागेको सडकको संयूक्त अनुगमन गरेको थियो ।

सडकको नाली निर्माणका क्रममा केहि स्थानमा कमसल निर्माण सामग्रि प्रयोग गरेको र कतिपय स्थानमा बनाइ नसक्दै भत्किएको पाइए पछि मर्मत नभएसम्म निर्माण कम्पनीको करिब ८५ लाख रुपैयाँ भूक्तानी रोक्ने चेतावनी अनुगमन समितिले दिएको छ ।

तपाईको प्रतिक्रिया