सरोज शर्मा ।

पाँचथर  । आम सञ्चार, पुस्तक अध्ययन र आपसी सदभाव प्रवर्धनका लागि पाँचथरको फिदिममा स्थापित युवा सुचना केन्द्रमा युवायुवतीको उपस्थिति बाक्लिन थालेको छ ।

सुरुवाती दिनहरुमा केन्द्र टिकाउनै मुस्किल मानिए पन पछिल्ला दिनमा युवा युवतीमा इन्टरनेट र पुस्तक अध्ययनमा चासो बढ्दै गएको केन्द्र सञ्चालकले बताएका छन । युनेस्को संघ पञ्चमीले युएनडीपिसंगको सहकार्यमा केन्द्र सञ्चालन गर्दै आएको छ ।

कात्तिक अन्तिम साता खुलेको केन्द्रमा अहिले सम्ममा २ सय २० भन्दा बढीले सेवा लिइरहेको पञ्चमी युनेस्को संघका अध्यक्ष प्रदिप भण्डारीले जानकारी दिए ।जिल्लामा जातिय, लैगिंक तथा राजनीति कारणले युवाहरु बिचमा आपसी मनमुटाव तथा नैरस्यता उत्पन्न भएको भन्दै त्यसको निराकरणका लागि सबै क्षेत्रका युवा अटाउन सक्ने गरी केन्द्रको स्थापना गरिएको संघको भनाई छ ।

युएनडिपिको सहयोगमा सञ्चालन भइरहेको सुचना केन्द्रमा इन्टरनेटको सहायताबाट आवस्यक सुचना लिने देखी पत्रपत्रिका र पुस्तकहरुको प्रयोगबाट सुचना दिइदै आएको छ । केन्द्र खुलेसंगै खर्च अभावनका कारण इन्टरनेट प्रयोग गर्न नपाइने वा पुस्तक पढ्न नपाईने क्रममा कमी आएको बताईएको छ ।

तपाईको प्रतिक्रिया