विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार छाड्नु पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई सकेकाले नयॉ सरकार गठनका लागि प्रधानमन्त्री देउवाले सरकार छाडेर मार्ग प्रशस्त गरिदिनुपर्ने बताए ।

संविधानतः अहिले प्रधानमन्त्री देउवा सरकार प्रमुख रहे पनि अब सरकारमा बसिरहनु उचित नहुने डा.कोइरालाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया