धनकुटा । प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई तोक्ने सरकारी तयारीको विरोधमा धनकुटा बासिन्दाले बुधबार हड्ताल गरेका छन् । धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै गरिएको हड्ताल माग पूरा नभएसम्म नखुल्ने संघर्ष समितिले जनाएको छ ।
हड्तालका काररण धनकुटा बजार र यातायात बन्द भएको छ । । मंगलबार सांकेतिक रुपमा एक घण्टा चक्काजाम गरेका धनकुटा बासिन्दाले बुधबार बिहानैदेखि बजार बन्द गराएका छन् । त्यसैगरी राजधानीको माग गर्दै धनकुटामा सवारी साधान चलेका छैन ।
नीजि र सरकारी सवारी साधान समेत बन्दकर्ताले चल्न दिएका छैन । सुरक्षा र एम्बुलेन्सलाई भने सहज रुपमा चल्न दिएको राजधानी आन्दोलन संघर्ष समितिका सदस्य सुन्दरबाबु श्रेष्ठले बताउनुभयो ।