मोरङ । मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलमा छोराले बुवाको हत्या गरेका छन्। ३१ वर्षीय वासुदेव कार्कीले बिहीवार दिउँसो ६२ वर्षीय बुवा जयबहादुर कार्कीको हत्या गरेका हुन्।

अंशका विषयमा विवाद हुँदा वासुदेवले बुबा, आमा र भाइ तीर्थराजसँग विवाद भएको थियो। जयबहादुरले छोरीलाई जग्गा बेचेका थिए। सोही विषयमा विवाद भएको पाइएको प्रहरीले जनाएको छ।

त्यही विषयमा वासुदेव र भाइ तीर्थराजबीच झगडा भएको थियो। झगडा मिलाउन जयबहादुरलाई वासुदेवले आँगनको ढुंगामा पछारेका थिए। यो घटना दिउँसो साढे १२  तिरको हो।

यसपछि गम्भीर घाइते जयबहादुरलाई उपचारका लागि विराटनगर अस्पतालमा लगिएको थियो। अस्पतालमा ल्याउने चिकित्सकले मृत घोषणा गरेका थिए।

बुवाको हत्यामा संलग्न वासुदेवलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया