काठमाडौं, १८ पुस । पार्टी एकता भनेको घुस्रेर जाने हो र ? पावर पनि सेयर हुनुपर्छ । यसै भनेर पेरिसडाँडामा रन्को फन्को भएपछि यसको सन्देश एमालेमा पु¥याइएको छ ।
तैपनि केपी ओलीले स्पष्ट जवाफ दिएका छैनन् । ओली प्रधानमन्त्री र एकता पार्टीको अध्यक्ष आफै बन्न खोजिरहेका छन् ।
पावरको हकमा साठी चालिसको रेसियोमा दिन ओली तैयार छन् तर पार्टी र सरकारको कमाण्ड छाड्न तैयार नभएरै एकताको मिलापमा ठास्स ठुस्स सुरु भएको छ । शक्ति छाड्न कति मुस्किल पर्नेरहेछ, यो कुराको झल्को दुबै नेताको मुहार फुङ्ग उडेबाट देखिन्छ ।
माओवादीका प्रचण्डका निकटहरुले सिधै एमाले सबै नेताहरुले सुन्ने गरी भनेका छन्– पावर पनि सेयरिङ हुनुपर्छ । खड्ग ओलीजी ! त्यसो भए एमालेसँग हाम्रो एकता हुँदैन ।