निस्कल राई,

मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राज्यव्यवस्था अंगालेपछि दोस्रो पटक २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन घरदैलोमा आइसकेको छ, हामी पनि निर्वाचनको तयारीमा जुटिरहेका छौँ ।

गएको स्थानीय तह निर्वाचनको तथ्यांकलाई फर्केर हेर्दा इलाममा मात्र होइन, मुलुकभर हाम्रो उपस्थिति गर्व गर्न लायक छैन । हामीले देशभरका २९३ उप/महा/नगर प्रमुख मध्ये १ सय ५ वटामा मात्र प्रमुख पदमा विजयी हुन सकेका छौँ । उप्रमुखतर्फ मात्र ८४ स्थानीय तहमा हामी विजयी हुन सफल भयौँ । यस्तै ४ सय ६० गाउँपालिका मध्ये १ सय ६१ स्थानमा अध्यक्ष तथा १ सय ३९ स्थानमा उपाध्यक्ष पदमा मात्र कांग्रेसले चारतारे झण्डा फहराउन सफल भयो ।

तथ्यांक हेर्दा हामीले ६ हजार ७४३ वडा मध्ये २ हजार २८७ मा वडा अध्यक्ष जित्न हामिले जित्यौँ । खुल्ला २ वडा सदस्यतर्फ ४ हजार ४२३, महिला तर्फ २ हजार १५६ तथा दलित सदस्यतर्फ २ हजार १०१ जनाले मात्र जितेका छन् ।

अब, आफ्नै गृह जिल्लाको पनि हिसाव निकालौं । जिल्लामा पनि हामी वलियो हुन सकैनौँ । तथ्यांक हेर्दा हामीले रोङ गाउँपालिका बाहेक अन्य स्थानीय तहमा वहुमत प्राप्त गर्न सकेनौँ । केही वडा जित्यौँ तर कांग्रेसमय इलाम बनाउन हामीले सकेनौँ ।

२०७४ को निर्वाचनमा हाम्रा उम्मेद्वारले इलाम नगरपालिकामा ६ वटा वडा बाहेक प्रमुख उपप्रमुख हामीले एमालेको पोल्टामा सुम्पनु प¥ । चुलाचुली गाउँपालिकामा एउटा वडा, आश गरिएको देउमाई नगरपालिकामा ५ वटा वडा जित्यौँ । फाकफोकथुममा रामकुमार श्रेष्ठले गाउँपालिका अध्यक्ष जित्दा उपाध्यक्षको सिट हामीले गुमायौँ । यता, माइ नगरपालिका र माइजोगमाई गाउँपालिकामा २ वटा वडामा हामी खुम्चिनु प¥यो । माङ्सेवुङ्ग गाउँपालिकामा कांग्रेसले अध्यक्ष जित्न सफल भयो । सन्दकपुरमा हामी इतिहासमै कमजोर बन्न पुग्यौं ।

तथ्यांकले हामीलाई परिश्रम गर भनिरहेको छ । हामीले राष्ट्रवादी भनेको कथित कम्युनिस्टबाट जिल्लालाई मुक्ति दिलाउनुपर्ने अवस्था छ । नारामा जनता र व्यवहारमा व्यक्तिगत स्वार्थबाट रुमलिएका कम्युनिस्टबाट जिल्लाई स्वतन्त्र बनाउनु छ ।

कांग्रेसले इतिहास लेख्यो कम्युनिस्टले हामीलाई लखेटिरहे । हामीले राणा फाल्यौँ , राजा फाल्यौँ उदेश्य जनताको स्वतन्त्र तथा देशमा लोकतन्त्र बचाउनु थियो । तर, यी कम्युनिस्टहरुलाई सत्ता दिँदा जनताको प्रतिनिधि थलो भत्काउने दुश्प्रयास गरे ।

आज इलामका जनताले भोट दिएर जिताएका जनप्रतिनिधिहरु झलनाथ खनाल र सुवास नेम्वाङ पनि जनमतको अवमूल्यन गर्दै एक अर्काको खैरौ खन्दै हिडिरहनु भएको छ । शव्दकोषमा पनि नभेटिने तुच्छ र स्तरहिन गालिगर्दै एक अर्कालाई पखाल्दै हिड्नु भएको छ ।

यसको अर्थ अब इलामले विकल्प खोजेको छ । तलैबाट कांग्रेस अब इलामलाई चाहिएको छ । किनभने जनतालाई न्याय दिने र देशको अभिभावक पार्टीनै कांग्रेस हो । हामी कांग्रेसकै माध्यमबाट इलामलाई पनि विकसित बनाउँछौ । निकाश र विकास दिलाउँछौँ । कम्युनिस्ट निकास दिँदैन ।

झापा विद्रोहबाट उदाएको कम्युनिस्ट होस् वा १० वर्ष जंगल बसेर खुल्ला राजनीतिमा आएको माओवादी होस् । नारा ठूला बेचे, जनताको आँसुुमा खेले भावनामा खेले । अवसर पाए जनतासँग वाचा भुले पतीत भएर गए ।

अहिले हामी स्थानीय तह निर्वाचनको सम्मुखमा छौँ । उम्मेद्वारको चर्चा अहिले चौतर्फी छ । यो लेखबाटै म हाम्रा जनतालाई विश्वास दिलाउँछु , ढुक्क हुनुहोस् प्रभावशाली व्यक्तिहरु नेपाली कांग्रेसको उम्मेद्वार हुनेछन् । हामी बलियो कांग्रेस देख्न चाहान्छौँ । इलामको दुखलाई सुखमा बदल्ने कांग्रेस देख्न चाहान्छौँ ।

हामीले तलबाटै जित्नु छ । किनभने देश समृद्ध हुन टोल वडा नै समृद्ध हुँदै अघि बढ्नुपर्छ । निर्वाचनमा जनप्रतिनिधिहरुको भुमिका संविधानले व्यवस्था गरिदिएको छ । वडा अध्यक्ष देखि वडा सदस्यहरुको भुमिका आफ्नै छन् । वडा अध्यक्ष सफल बनाउन वडा सदस्यहरुको पनि भुमिका महत्वपूर्ण हुन्छ ।

अन्त्यमा, अब हामीले जित्नु छ । हामीले जित्नु जनताले जित्नु हो । इलाम तबमात्र समृद्ध बन्छ जब जनताले जित्छन् । लोकतन्त्रले जित्छ । हो, सिङ्गो इलामले अब जित्न जरुरी छ । तबमात्र देशले जित्छ अनि बन्छ समृद्ध नेपाल ।

त्यसैले, आसन्न स्थानीय निर्वाचनमा कांग्रेस जिताउन लागि परौँ । घर घर पुगेर कांग्रेस जिताउन कम्मर कसौँ । नेताले मात्र होइन साधारण कार्यकर्ता पनि अब लाग्न जरुरी छ । इलामको भविष्य परिवर्तन गर्न साधारण कार्यकर्ता लागौं । जनता जिताउन कांग्रेस जिताऔँ ।

तपाईको प्रतिक्रिया