तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा मानव बेचविखन तथा ओसार पसार विरुद्धको समिति गठन भएको छ । भेलाले गाउँपालिका प्रमुख सन्तविर लिम्बुको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिमा उपप्रमुख तारा खरेल, शुक्रबारे प्रहरी चौकी इन्चार्ज पर्शुराम गिरी, स्वास्थ्य चौकी प्रमुख डगेन्द्र घोर्साने, बाल क्लबहरुको तर्फबाट रक्षा खतिवडा, गीता थापा, पत्रकार प्रकाश पाक्सावा, श्रोतव्यक्ति मातृकाप्रसाद तिम्सीना, महिला संस्थाको तर्फबाट हिमामाया भट्टराई, कमला नेपाली, गाउँपालिकाका प्रशासकीय अधिकृत सुर्य भण्डारी, सामुदायिक संस्थाहरुको तर्फबाट होमकुमारी खाती र सहसचिवमा गुणराज बाँनियाँ रहनुभएको छ ।