तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक बिद्यालयको ६५ औ बार्षिक उत्सब सोमबारदेखि सुरु भएको छ ।
वार्षिकोत्सवको छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बुले उद्घाटन गर्नुभयो ।
सोमबारदेखि नै विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सुरु भएका छन् । उद्घाटन समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लिम्बु, माध्यमिक विद्यालयको तर्फबाट इन्द्रप्रसाद निरौला र माधव भट्टराई, आधारभूत विद्यालयहरुको तर्फबाट उत्तरबहादुर लिम्बु, संघसंस्थाहरुको तर्फबाट जलकन्या पशुपालन कृषक सहकारी संस्थाका अध्यक्ष डम्बर भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
सोमबार ,सटपुट, तातोआलु, भाले जुधाई लगायतका प्रतियोगिताहरु सम्पन्न भएका छन् । वार्षिकोत्सव पुस १९ गते सम्पन्न हुने प्रधानध्यापक टिकाराम बस्नेतले बताउनुभयो ।