ताप्लेजुङ । ताप्लेजुङमा ग्रिनेडसहित २ जना पक्राउ परेका छन् ।

फुङ्लिङ नगरपालिका–३ मेदिवुङबाट आईतबार दिउँसो बम (ह्याण्ड ग्रिनेडं) देखाएर धम्क्याउदै गरेको अवस्थामा स्थानीय चन्द्र मादेन र मिक्वाखोला–४ का सञ्जय लिम्बूलाई पक्राउ गरिएको प्रहरी निरिक्षक राकेश यादवले जानकारी दिए।

उनीहरुले सडक निर्माण गरिरहेका कामदार र ठेकेदारलाई बम पड्काएर उडाईदिने धम्की दिएका थिए । बम देखाएर धम्की दिएको ठेकेदारले जानकारी गराएपछि नेपाली सेनाका सेनानी उमेश श्रेष्ठ, ससस्त्र प्रहरीका प्रहरी उपरिक्षक रोशन बुढाथोकी र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक राकेश यादवको टोली पुगेको थियो।

बम ह्याण्ड ग्रिनेडलाई अदालतबाट स्विकृती लिएर डिस्पोज गर्ने तयारी भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया