काठमाडौं । सर्लाहीमा क्लबकाे भवनका विषयमा दुई पक्षबीच विवाद हुँदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साह घाइते भएका छन्।

शनिबार बिहान ईश्वरपुर नगरपालिका-६ बयलबास बजारमा भएको झडपमा सर्लाही १ का सांसद साह घाइते भएका हुन्। उनको टाउनकोमा गहिरो चोट लागेको छ । स्थानीय मेडिकलमा सामान्य उपचारपछि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार बिहान बाटोछेउमा रहेको फुलजोर युवा क्लबको भवन भत्काइएको थियो। सांसद साहले उक्त भवन अन्यत्र बनाउनुपर्ने भनेपछि युवाहरू आक्रोसित भएको प्रहरीले जनाएको छ।

अहिले स्थिति सामान्य भइसकेको ढुंगानाले बताए।

तपाईको प्रतिक्रिया