काठमाडौं । कलैया–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाल बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।

३ वटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दामा ३८ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता राजेश थापाले जानकारी दिए । जयसवाललाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थापाले बताए ।

उनी २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी बारा निर्माण व्यवसायी सङ्घको अध्यक्षसमेत हुन् ।

तपाईको प्रतिक्रिया