ताप्लेजुङ । ताप्लेजुङका दुर्गम गाउँहरुमा टेलिफोन सेवा विस्तारका लागि प्रक्रिया अघि बढेको छ । टेलिफोन सेवाबाट बन्चित रहँदै आएका फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका विभिन्न बस्तिका नागरिकलाई लक्षित गरि टावर निर्माणका लागि प्रारम्भिक प्रक्रिया अघि बढेको हो ।

भौगोलिक रुपमा विकट र दुर्गम मानिने फक्ताङलुङका ४, ५ र ६ नम्बर वडाका साथै मिक्वाखोला ५ पापुङका सेवाग्राहिलाई सेवा पुग्ने गरि टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पक्रिया अघि बढाएको छ । प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उक्त क्षेत्रमा टेलिफोन टावर निर्माणका लागि सञ्चार मन्त्रालयमा पटक पटक पत्राचार गरेर अनुरोध गरेका थिए ।

उनले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटेरै पनि टावर निर्माण गरिदिन भनेका थिए । त्यसपछि सञ्चार मन्त्रालयले नेपाल दुरसञ्चार कम्पनी लिमिटेडलाई पत्राचार गरि आवस्यक कार्य अघि बढाउन अनुरोध गर्दै पत्राचार गरेको छ । मन्त्री हाङ्गामलाई सो क्षेत्रका नागरिकले टेलिफोन टावर निर्माणका लागि अनुरोध गरेका थिए । ‘हामीले वर्षैंदेखि टावर राखिदिन सांंसद मन्त्रीहरूलाई अनुरोध गर्दै आएका हौं, लेलेपका तेन्जिङ वालुङले भने, ‘अहिले माग पुरा हुने चरणमा रहेका सुन्दा खुसी लागेको छ ।’

धेरै पटक जिल्लाका प्राय क्षेत्रमा टेलिफोन सेवा विस्तार भए पनि दुर्गम मानिने यि क्षेत्रमा भने कसैको ध्यान गएको थिएन ।

तपाईको प्रतिक्रिया