पाँचथर, पुस १५ । पाँचथर जिल्ला अस्पतालको स्तरोन्नति हुने भएको छ ।
हाल १५ शैयाको जिल्ला अस्पताललाई ५० शैयाको बनाउने गरी भवन निर्माण थालिएको हो । भवन निर्माणसँगै जिल्लाबासीमा खुसियाली छाएको छ ।
४ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा निर्माण हुने भवनको ठेक्का अनक हिरातन जेभीले पाएको छ ।
निर्माण कम्पनीका प्रमुख गोपाल बस्नेतले २ वर्षमा निर्माण सक्नुपर्ने भए पनि त्यसअघि नै सक्ने गरी काम सुरु गरेको जानकारी दिए ।
भवन निर्माण भएपछि गाइनो, मेडिसिन, सर्जरी, नाक, कान, हाडजोर्नी विशेषज्ञ गरी ८ जना डाक्टरको दरबन्दी रहने जिल्ला अस्पताल पाँचथरका डाक्टर पवनकुमार शाहले जानकारी दिए ।