उदयपुर । उदयपुरमा एक प्रेमिकालाई जबरजस्ती बन्धक बनाएको आरोपमा विहिबार एक प्रेमी पक्राऊ परेका छन् । ट्युशन पढ्न हिडेकी प्रेमिकालाई त्रियुगा नगरपालिका–११ गाईघाटका १७ वर्षिय सरोज चौधरीले जबरजस्ती बन्धक बनाएको आरोपमा प्रहरीले पक्राउ गरेका छन् ।

ट्युशन पढ्न हिडेकी प्रेमिकालाई जवरजस्ती आफ्नो घरमा लगेर बन्दक बनाएको आरोपमा पक्राऊ परेको हो । प्रहरीको अनुसार दुई बर्षदेखि एक अर्का बिच प्रेम गर्दै आएका उनीहरुले बिहे गर्ने प्रसङ्गमा प्रमिकाले अस्वीकार गरेपछि प्रेमीले बन्दक बनाएको थियो ।

“कोठामा बन्दक बनाएको भन्दै जानकारी आयो” प्रहरी निरीक्षक देबिप्रसाद फागुले भने “आफुसँग बिहे नगरे मरिदिन्छु भन्दै प्रेमीले हात रेटिरहेको अवस्थामा पक्राऊ गरियो” । फागुका अनुसार बन्धक बनाईएको युवतीलाई स्कुल ड्रेसमा भेटिएको थियो । उनीहरुलाई महिला तथा बालबालिका सेलमा राखिएको प्रहरी सहायक निरीक्षक उमा गुरुङले बताईन ।

तपाईको प्रतिक्रिया