धरान  । लामो समयको प्रयास पछि धरान १७ रेल्बे स्थीत  सर्दुखोलामा २५० मिटर लम्बाइ र ११ मिटर चौडाईको पक्की पुल निर्माण शुरु भएको छ । यस्तै ठकुरी खोलामा २५ मिटरको पुल समेत बन्ने भएकाे छ भने पट्नाली खोलामा ५० मिटर लामो पुल निर्माणको कार्य सुरु भएको छ ।

स्थानिय तहको निर्वाचन लगतै आफनो प्रतिबद्धता कार्यन्वयन गर्न वडा अध्यक्ष सुर्य बहादुर भटराई (मनोज)ले भौतिक पुर्वाधार तथा यातायात मन्त्रलय पुगी यथासक्य पुल निर्माण गर्न ज्ञापन पत्र बुझाएका थिए । यस लगतै मन्त्रालयले पुल निर्माणको लागी प्रक्रिया अगाडी बढाएको हाे।

स्थानीय जनप्रतिनीधीको आग्रह पछि ४३ वटा पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनलाई धरान भित्रको पुल पहिलो प्रथमिकतामा राख्न मन्त्रालयले निर्देशन गरेका कारण तत्काल काम शुरु गरिएको सो कन्ट्रक्सनले जनाएको छ । यता १७ न.वडाका अध्यक्ष भटराईले शुक्रबार स्थलगत निरिक्षण गरी बर्खा अघि नै पुल निर्माण सक्न निर्देशन दिनु भएको छ ।

उहाले पुल निर्माण कार्य थालनीसंगै धरानवासीको लागी खुसीको समेत भएको निर्माण कार्यमा आवश्यक पर्ने सम्पुर्ण सहयोग आफनो तर्फबाट गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । यसअधि कयौ बर्षदेखी सो खोलामा पुल निर्माण नहुदा बर्खा याममा सर्बसाधारणले सास्ती खेप्दै आएका थिए ।

तपाईको प्रतिक्रिया