सर्लाही । “अप्पन संस्कृति अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखँु वीर पुर्खाके नजिर” भन्ने मुल नाराको साथ मुसहर समुदायले अन्तर्राष्ट्रिय भुईयाँ दिवस मनाएका छन् ।

मुसहर समुदायको संस्कृति तातो दुधले नुहाई गर्ने दिनाभद्रीको अपटौनी पुजालाई बचाइ राख्न, उहाँको पहिचान तथा पराक्रमलाई स्थापित गर्न, भुईयाँको अर्थ भुमि भएकोले मुसहर र भुमिबीचको सम्वन्ध र मुसहर समुदायको पुर्खाले भुमिपुत्रको रुपमा गरेको कर्मलाई जनमानस समक्ष ल्याउन, माघ १ गते सबै मुसहर जाति एकै साथ मनाउने भएकोले राष्ट्रिय पर्वको रुपमा स्थापित गर्न, भुमिको राजा भएको मुसहर कसरी भुमिहिन भएर दैनिक जिवन गुजारिरहेको तथ्य जनमानस समक्ष पुर्याउन, अन्तर्राष्ट्रिय स्तरमा मुसहर समुदायको साँस्कृति, समबन्ध तथा समस्या स्थापित गर्न अन्तर्राष्ट्रिय भुईयाँ दिवस मनाइएको भोरका अध्यक्ष पचुलाल माझीले बताए ।

कार्यक्रममा दलित अधिकारकर्मी चन्देश्वर सदा प्रमुख अतिथि थिए भने अध्यक्षता बचाई सदाले गरेका थिए । कार्यक्रममा समाजसेवी भारत विहारको डा. हुलेश माझी, पुर्व सासंद असर्फी सदा सहितमुसहर समुदायका अगुवा रामस्वरुप सदा, बद्री सदा, मिसन गायक नन्द विहारी, ललकु सदा, सलिता सादा, लगायत शिक्षित, बुद्धिजीवि, समाजसेवी, वडा अध्यक्षहरु लगायत ब्यतिmहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा मुसहर समुदायको वर्तमान अवस्था, त्यसका जडकारण र समाधानका उपायहरुवारे छलफल भएको थियो भने उम्लिरहेको तातो दुधले नुहाउने अपटौनी पुजा गरिएको थियो । कार्यक्रम अभियानी परोपकारी भोर नामक संस्था, नेपाल राष्ट्रिय मुसहर सघं, जयश्री दिनारामभद्री सदा सेवा समाज, सप्तरी नेपाल, दिना भद्री बास्केट फण्ड, अन्तर्राष्टिय मुसहर भुईया विकास समिति तथा हनुमाननगर नगरपालिका—२ सकरदही, नहरटोल, मेघरौनबासीको संयुत आयोजनामा भएको थियो ।

तस्विरहरु – पचु माझी मुसहर

तपाईको प्रतिक्रिया