नेपाल बिधार्थी संघ संसाथनइतर समुहका बिधार्थी नेताहरुले नेपाल बिधार्थी संघकाे नेतृत्व अबैधानिक रहेकाे र तत्काल ने.वि.संघकाे बैधानिक संकट अन्त्य गर्दै १२ औं महाधिवेशन उन्मुख गराउनु पर्ने भन्दै राजधानिमा भेला गरेकाे छ ।

भेलामा ने.वि.संघ पुर्व काेषाध्यक्ष शिव रिमाल,पुर्व सहमहामन्त्री ललिता सुनार,पुर्व केन्दिय सदस्यहरु प्रेमिका रानामगर, पुजन गन्धर्व,जानुका पन्त, रत्नहरि ढुङ्गेल, पाेखरा जिल्ला अध्यक्ष बिक्रम आदित्स गिरि,दाेलखा अध्यक्ष भिम खड्का,पुर्वि रुकुम अध्यक्ष सुमन बुडामगर,मुगुका अध्यक्ष धर्म शाहि,त्रिवि अध्यक्ष डा.श्यामचन्द्र अधिकारी,जनमैत्रि क्याम्पस स्ववियु सभापति पंकज क्षेत्रि,आर आर अध्यक्ष पुष्कर बास्ताेला,सिटिभिटि अधयक्ष महेन्द्र शाहि लगाएत ५५ जना महत्त्वपूर्ण नेताहरु छलफलमा जुटेका थिए ।

ने.वि.संघकाे बर्तमान अवस्था र भावि कार्यदिशा बारे छलफल गरिएकाे भेलाकाे संयाेजक नेपाल इन्जिनियरिङ कलेजका पुर्व सभापति,प्राबिधिक बिधार्थी परिषदका अध्यक्ष ई.भुवन भट्टले बताए । साथै भेलामा ने.वि.संघकाे १२ औं महाधिवेशनकाे सुनिश्चितता,स्ववियु निर्वाचन र ने.वि.संघकाे अबैधानिक संकटकाे बैधानिक निकास सहित महत्त्वपूर्ण बिषयहरुमा छलफल भएकाेकाे नेता भट्टले बताए ।

केन्द्रीय समितिका पुर्व पदाधिकारि,सदस्य र बिभिन्न कलेज,बिश्वबिद्धालयका अध्यक्ष लगायत भेलामा उपस्थित बिधार्थी नेताहरुले संगठन प्रति गहिराे चिन्ता र गरिमा माथि आँच आउने बर्तमान नेतृत्वकाे गलत कदमप्रतिकाे भत्षणा गरे ।

ने.वि.संघकाे अस्तित्व रक्षा,अबैधानिक संकटकाे बैधानिक निकास,बलियाे र शसक्त ने.वि.संघ निर्माणमा हाम्राे खबरदारि,पहल निरन्तर जारि रहने निष्कर्ष उक्त भेलाले गरेकाे भेलाका संयाेजक ई.भुवन भट्टले बताए ।

तपाईको प्रतिक्रिया