तेह्रथुम । जिल्लाको आठराई गाउँपालिका–६, चुहानडाँडास्थित नौ वटा विद्यालयका ५ सय २० विद्यार्थीलाई शुक्रबार एक समाजसेवीले झोला वितरण गरेका छन् । ज्ञान प्रकाश नारायण सेवा समाजका अध्यक्ष डा.वेदप्रकाश उप्रेतीले आफ्ना वुवा समाजसेवी लक्ष्मीप्रसाद उप्रेतीको ९७ औँ जन्म दिनको सन्दर्भमा विद्यार्थीलाई झोला वितरण गरेका हुन् । वुवाको जन्मदिनमा जन्मथलोका आठ वटा सामुदायिक र एक निजी गरी नौ विद्यालयका ५ सय २० जना छात्र छात्रालाई पठन पाठनमा सहयोग पुगोस् भन्ने ध्येयले झोला वितरण गरेको डा.उप्रेतीले बताए । ती विद्यालयमा कक्षा–५ सम्म पढ्ने सबै विद्यार्थीलाई झोला वितरण गरिएको हो ।