काठमाडौं । ३२ वर्षीय युवा नेता निश्कल राई इलाम निर्वाचन क्षेत्र नम्बर एक प्रदेश सभा निर्वाचन ‘ख’ को नेपाली कांग्रेस सभापति बनेका छन् ।

कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको प्रदेश सभा अधिवेशनबाट राई सभापति बन्न सफल भएका हुन् ।

आज विहान आएको अन्तिम मत परिणाम अनुसार राईले तीन जना प्रतिष्पर्धीहरुलाई पराजित गरेका हुन् ।

खसेको कुल ३ सय ६१ मत मध्ये राईले १ सय ६१ मत प्राप्त गरेका छन् । यस्तै अर्का सभापतिका उमेद्वार श्याम बहादुर कार्कीले ८३ र मन बहादुर बस्नेतले ७३ मत प्राप्त गरे । सभापतिका अर्का उमेद्वार सुवक श्रेष्ठले १४ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

राई करिव एक दशक देखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनी शंकरदेव क्याम्पस काठमाडौं नेविसंघ इकाइ सभापति भएर काम गरिसकेका छन् ।

यस्तै जिल्ला राजनीतिमा पनि उनको सक्रिय सहभागिता रहेको छ । राई यसअघि यसअघि कार्यसमिति सचिव रहेका थिए । राइ यसअघि प्रदेश सभा निर्वाचन क्षेत्र २ ‘ख’ को नेपाली कांग्रेस सचिव भएर सफल कार्यकाल सञ्चालन गरिसकेका छन् ।

यस्तै उनी पार्टीको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समितिमा सहसचिव रुपमा आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरेका छन् ।

रेडक्रश लगायत विभिन्न संघसंस्थामा पनि आवद्ध राईले शंकरदेव क्याम्पसबाट दोहोरो ‘मास्टरस’ गरेका छन् ।

उनले विजिनेस म्यानेज्मेन्ट र विजनेस स्टडीमा ‘मास्टर्स’ गरेका हुन् । ‘पार्टीका युवा र अग्रज कार्यकर्ताहरुलाई जोड्दै मेरो क्षेत्रमा आसन्न तीन तहको निर्वाचनबाट पार्टीलाई पहिलो बनाउने काम आजैबाट गर्छु, पार्टी चलयमान बनाउन टोल समिति देखि लिएर जिल्ला र केन्द्रसँग पनि समन्वय गर्ने काम जारी रहनेछ,’ उनले भने ।

तपाईको प्रतिक्रिया