काठमाडौँ । एमालेले आफ्नो दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उपस्थितिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएको छ।

आज बालुवाटार पुगेर एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई महाधिवेशनको निम्तो दिएका हुन्।

एमालेले महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनाहरूलाई निमन्त्रणा गर्ने भने पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई भने एमालेले महाधिवेशनमा नबोलाउने बताएको थियो।

एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवन हुँदैछ।

तपाईको प्रतिक्रिया