काठमाडौँ । सरकारले आउँदो माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । नयाँ संविधानपछि निर्मित राष्ट्रिय सभामा गोला प्रथाका आधारमा प्रत्येक दुई वर्षमा २० जना सदस्यको पदावधि समाप्त हुन्छ ।

आउँदो फागुन २० मा गोला प्रथाका आधारमा चार वर्ष पदावधि कायम भएका सांसदहरुको पदावधि सकिन लागेको हो ।

तपाईको प्रतिक्रिया