फिल्म हेर्दा हिरोहरू निकै बलिया देखिन्छन्। एक्लैले कैयौं गुन्डालाई तह लगाउँछन्। यस हिसाबले उनीहरूलाई कसैको सुरक्षा चाहिएलाजस्तो लाग्दैन। त्यसमा पनि बलिउड अभिनेताद्वय शाहरुख खान र सलमान खानलाई झन् फिल्ममा उनीहरूको ‘फाइट’ हेर्दा के को डर होला र जस्तो भान पर्छ।

तर भारतीय सञ्चारमाध्यका अनुसार बलिउडमा बडिगार्डका लागि सबैभन्दा महँगो तलब दिने अभिनेतामा पर्छन्, साहरुख खान। उनी हरेक समय बडिगार्ड लिएर हिँड्छन्। उनको नाम हो– रवि।  जसलाई साहरुखले वर्षमा साढे २ करोड (भारतीय) पारिश्रमिक दिने गरेका छन्।

यस्तै सलमान खानको सथमा पनि हर समय एक जना बडिगार्ड हुन्छन्। ‘शेरा’ उपनामले चिनिने गुरमित सिंह उनका बडिगार्ड हुन्। जसलाई सलमानले हरेक वर्ष २ करोड रुपैयाँ तलब दिन्छन्।

यसैगरी बलिउड अभिनेत्री कट्रिना कैफले पनि हरेक वर्ष १ करोड रुपैयाँ पारिश्रमिक दिएर बडिगार्ड राखेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनको बडिगार्डको नाम हो– दीपक सिंह।

यस्तै बलिउडका महानायक अमिताभ बच्चनले पनि बडिगार्ड जितेन्द्र सिडेलाई वार्षिक १ करोड २० लाख पारिश्रमिक दिने गरेका छन्। यसैगरी नायिका दीपिका पादुकोणले आफ्ना बडिगार्डलाई ८० लाख रुपैयाँ तलब दिने गरेकी छन्। उनको बडिगार्डको नाम हो– जलाल।

भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता अक्षय कुमारले पनि बडिगार्डको सुरक्षा लिने गरेका छन्। उनले आफ्ना बडिगार्ड श्रीयस थेलेलाई वर्षको १ करोड २० लाख रुपैयाँ पारिश्रमिक दिने गरेका छन्।

यस्तै अर्का नायक ऋतिक रोशनले आफ्ना बडिगार्डलाई अक्षयले जत्तिकै वर्षमा १ करोड २० लाख रुपैयाँ तलब दिने गरेका छन्। उनको बडिगार्डको नाम मयुर सेट्टिगर हो।

तपाईको प्रतिक्रिया