काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण सोमबार गृह जिल्ला रुपन्देही जाँदैछन् ।
२९ असारमा गृहमन्त्री भएपछि खाण पहिलो पटक गृह जिल्ला जान लागेका हुन् । उनी बिहान ९ः४५ बजे बुद्ध एयरबाट भैरहवा जाने नीजि सचिव नरेन्द्र केसीले जानकारी दिए। भ्रमण सकेर खाण बेलुका नै काठमाडौं फर्किनेछन् ।
उनी जिल्लाका विभिन्न स्थानमा आयोजित चार कार्यक्रममा सहभागी हुने याेजना छ।
त्यस्तै आफ्नो मणिग्रामस्थित निवासमा पनि पुग्ने कार्यक्रम तय भएको छ ।  भैरहवा पुगेपछि बिहान ११ बजे भैरहवामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्नुछन् । भेटघाट साढे १२ बजेसम्म चल्नेछ ।
त्यसपछि साढे एक बजेसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्लाका कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने कार्यतालिका तय भएको छ ।
कार्यालय प्रमुखहरुसँगको भेटघाट सकिएपछि आफ्नो मणिग्रामस्थित निवासमा पुग्नेछन्। करिब एक घण्टा त्यहाँ बिताएपछि उहाँ साढे दुई बजे बुटवलको ज्योतिनगरमा अविरल बर्षाका कारण गरेको गएको पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्ने कार्यक्रम छ ।
तीन बजेर २० मिनेटसम्म पहिरोको निरीक्षण गरेपछि साढे तीन बजे नयाँमिल शंकरनगरमा आयोजना हुने स्वर्गीय प्रेम खरेलको शोकसभामा सहभागी हुनेछन् । त्यसपछि ५ बजे भैरहवा विमानस्थलमा फर्किएर काठमाडौँ फर्कने कार्यतालिका तय भएको छ ।

तपाईको प्रतिक्रिया