काठमाडौं । सरकारले मुगुमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएकाहरुका परिवारलाई किरिया खर्च र क्षतिपुर्ति दिने भएको छ ।

गृह मन्त्रालयले दुर्घटनामा ज्यान गुमाएका ३२ व्यक्तिका परिवारलाई किरिया खर्चवापत् २५ हजार रुपैयाँ र क्षतिपुर्तिबापत् १ लाख रुपैयाँ दिने प्रक्रिया अघि बढेको जनाएको छ ।

त्यस्तै, घाइतेहरुको उपचार सरकारले गर्ने र त्यसका लागि आवश्यक रकम भुक्तानीको प्रक्रिया समेत अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।

२६ असोजमा नेपालगञ्जबाट मुगु जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस रारा नगरपालिका–७ तपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा १३ जना घाइते भएका थिए। सरकारले घाइतेहरुको हेलिकप्टरमार्फत् उद्धार गरी हाल नेपालगञ्जमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया