बैंग्लोर । भारतको दक्षिणी प्रदेश केरलामा बाढीको कहर सुरु भएको छ । हालसम्म कम्तिमा ६ जनाको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

बाढीबाट स्थानीय बासिन्दाको उद्धार र राहतका लागि सेना परिचालन गरिएको छ । दुईवटा जिल्लामा नेसनल डिजास्टर रेस्पोन्स फोर्सका ११ वटा टोलीसहित सेना परिचालन गरिएको छ ।

प्रदेशका राजस्व मन्त्री राजन केका अनुसार तिरुवनन्तपुरम र कोट्टयम जिल्लामा सेना परिचालन गरिएको हो । कांग्रेस नेता तथा तिरुवनन्तपुरमका सांसद शशि थरुरका अनुसार इडुकी, पथनमथिट्टा, त्रिसुर र कोट्टयम जिल्ला बाढीबाट बढी प्रभावित छन् ।

दक्षिण पूर्वी अरब सागरमा न्यून चापीय रेखा विकसित हुँदा केरलामा बाढीको कहर सुरु भएको मौसम विभागले बताएको छ । विभागका अनुसार केरला, कर्नाटक, तमिनाडु र पुडुचेरीमा आइतबार पनि भारी वर्षाको सम्भावना छ ।

तपाईको प्रतिक्रिया