काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत बाजुराको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ।

जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए। घाइते प्रहरीको अवस्था समान्य रहेको उनले जानकारी दिए।

झडपका क्रममा प्रहरीले वीरेन्द्र गिरीसहितका कांग्रेस कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

गएराति ११ बजेबाट मतगणना गर्ने तयारी गरिएको थियो। तर, झडपपछि मतगणना अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिए।

कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाही प्रतिस्पर्धामा छन्। जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार २१२ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया