कलाकार विनोद तामाङको भ्युजिक भिडियो सार्वजनिक भएको छ ।

तामाङको आफ्नै स्वर रहेको ‘हेर न मैच्याङले मलाई हेरेको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा पनि तामाङ आफैँले अभिनय गरेका छन् । उनीसँगै मैच्याङको अभिनयमा रस्मिला तामाङले अभिनय गरेकी छिन् । ‘यो मेरो प्रयास हो, कोशिस गरेको छु, आशा छ, सबैले माया गरिदिनुहुनेछ,’ तामाङले भने ।

तामाङकै स्वरमा यो पहिलो गीत हो । उनले यसअघि विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया