अमृत बास्तोला
तेह्रथुम ७, पुस  ।तेह्रथुममा सुन्तला उत्पादनमा यस वर्ष गिरावट आउने भएको छ । गतवर्षको जस्तो यसवर्ष सुन्तला नफलेको किसानहरुले बताएका छन् । सुन्तला फुल्ने र फल्ने सिजनमा असिना, पानी र रोग लागेका कारणले पनि यस वर्ष सुन्तला नफलेको किसानहरुले बताएका छन् ।

फुल खेल्ने समय र फल लाग्ने समयमा असिना पानीका कारण फुल र फलमा भएको असरmे सुन्तला उत्पादनमा कमि भएको हो । विगत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत भन्दा कम सुन्तला फलेको आठराई गाउँपालिका–४ ईवाका अगुवा कृषक प्रल्हाद उप्रेतीले बताउनु भयो ।

सुन्तला उत्पादनमा कमि आएपछि मूल्यमा भने वृद्धि भएको छ । गत वर्ष ४० रुपैयाँ प्रतिकेजिमा घरमै व्यापारी आएर सुन्तला किनेर लगेका थिए, यस पटक ६० देखि ७० रुपैयाँ प्रतिकेजी

मा सुन्तला बिक्री भईरहेको उहाँले बताउनु भयो ।  सुन्तला विगत वर्षको तुलनामा सानोमात्र फलेको छ । कृषक उप्रेतीले भन्नु भयो ।
“गत वर्ष सुन्तलाबाट राम्रो कमाई भएको थियो, यस वर्ष मूल्य बढेपनि खासै कमाई नहुने भयो ।” २० रोपनी जग्गामा सुन्तला खेती लगाउनु भएका उप्रेतीको बगानमा अहिले दुई सय बढी बोटमा सुन्तला फलेको छ ।

यस्तै जिल्लाको पश्चिमी क्षेत्र छथर गाउँपालिकाका अगुवा कृषक खगेन्द्रराज दाहालले पनि विगत वर्ष जस्तो सुन्तला नफलेको बताउनु भयो । सुन्तलको फल छर्ने, पात पहेलो भएर बाटै मर्ने लगायतका रोग लागेका कारण उत्पादनमा गिरावट आउने कृषक दाहाल बताउनु हुन्छ ।
१९ रोपनी क्षेत्रफलमा सुन्तला खेती लगाउनु भएका दाहालले लगानी अनुसारको प्रतिफल सुन्तलाबाट प्राप्त नभएको बताउनुहुन्छ । सुन्तलामा रोग लागेपछि कृषि प्राविधिकलाई देखाइयो, माटो परीक्षणका लागि पठाइयो, तर कतैबाट रोगको निदान नभएको उहाँले गुनासो गर्नु भयो ।

अहिले बजारमा सुन्तला खुद्रा प्रति केजि ८० रुपैयादेखि एक सय रुपैयाँ सम्ममा विक्रि हुदैछ । जिल्लाको ईवा, ह्वाकू, छातेढुङ्गा, साब्ला, तम्पूmला, शुक्रबारे लगायतको सुन्तला पकेट क्षेत्रमा समेत सुन्तला उत्पादनमा कमि आएको किसानहरुले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाका साविक ३२ गाविस मध्ये २८ भन्दा बढी गाविसहरुमा सुन्तलाको व्यावसायिक खेति गरिएको छ ।

तपाईको प्रतिक्रिया