काठमाडौँ । काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको छ।

शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगन्जमा तीन नेताले छलफल गरेका हुन्।

१४ औं महाधिवेशन समयमा नै गर्ने, शीर्ष नेताहरूलगायत अरु नेताहरूसँग पनि संवादलाई निरन्तरता दिने, सरकारलाई थप प्रभावकारी बनाएर लैजान सबैले सहयोग गर्नेजस्ता विषयमा तीन नेताले छलफल गरेको नेता सिंहको सचिवालयले जनाएको छ।

केही समयदेखि यी तीन नेता छलफल गर्दै आएका छन्। उनीहरू तीन जना नेताले काङ्ग्रेसको १४ औं महाधिवेशनमा सभापतिको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया