काठमाडौँ ।समता फाउण्डेसनले सञ्चालन गरेको संवाद शृखला १३ मा ‘जलवायु परिवर्तनको प्रभाव र दलित’ बारे  बहस भएको छ । भर्चुअल माध्यमबाट भएको छलफलमा विज्ञले जलवायू परिवर्तनको प्रभावकाले दलित र आर्थिक अवस्था न्यून भएको वर्ग प्रभावित पारेको विषयमा धारण राखेका छन् ।

वरिष्ठ जलवायू तथा जलस्रोत विज्ञ अजयमणि दीक्षित जलवायू परिवर्तनले दलित तथा आर्थिक अवस्था न्यून भएका बढी प्रभावित भएको तर्क गरे ।  ‘अहिले विश्वमा नै मौसमको प्राकृतिक चक्र परिवर्तन भएको छ,’ विज्ञ  दीक्षित भन्छन, ‘हिउँ पर्ने स्थानमा पानी परेको छ भने पानी पर्ने समयमा गर्मी बढ्ने खालको जलवायू परिवर्तन देख्न थालेका छौं ।’

उनका अनुसार हाम्रो पृथ्वीलाई वायुमण्डले ढाकेको छ । कार्र्बनडाअक्साइड पृथ्वीमा हुनु जरुरी छ । कार्बनडाइअक्साइड ढाकेर राखेका कारण पृथ्वीलाई सन्तुलित राखेको थियो । ‘वातावरण प्रदुषित बनाउँदै आएका छौं,’ उनी भन्छन, ‘पृथ्वीलाई ढाकेको कार्बनडाइअक्साइडको  सन्तुलन विग्रिएको कारण पृथ्वी तातेको छ, त्यसैले जलवायू परिवर्तन भइरहेको हो ।’

विभिन्न कलकारखानाबाट निस्किने धुवाका कारण वातावरण प्रदुषण बढ्दो छ । बन विनाश, फोहोरमैला, घर–खेतीबाट निस्कने धुवाले वायुमण्डलको उर्जालाई प्रभाव पारिरहेको उनको भनाई छ । नेपाल मनसुन प्रणालीमा आधारित छ । प्राकृतिक रुपमा चल्दै आएको छ । चलिआएका प्रणालीलाई असर पुर्‍याएको उनले बताए । ‘मनसुनमा आधार भएर कृषि पेशा गर्नेलाई असर पुगेको हो, किनकी वर्षाले खेतीयोग्य जमिन र उत्पादनलाई असर पुर्‍याउँदै आएको छ,’ उनले भने ।  नेपालका आर्थिक अवस्था न्यून भएका जनजाति, दलित धेरै कृषि पेशामा आधारित रहेकाले मौसम परिवर्तनले असर पार्ने उनको भनाइ थियो । त्यस्तै, वरिष्ठ  जलवायू तथा कृषि विज्ञ  डा मदन परियार विश्वव्यापी रुपमा मौसम परिवर्तनका क्रम चलिरहेको छ । जसको नेपाल अछुतो रहन सकेको छैन । जलवायू परिवर्तनले  नोक्सान भोग्नुपरिरहेको बताए । ‘जलवायू परिवर्तनका प्रत्यक्ष असर बाढि–पहिरो र ठूलो वर्ष हो,’ उनले भने, ‘जलवायू परिवर्तनबाट सबैभन्दा बढि प्रभाव आर्थिक अवस्था न्यून भएको समुदायलाई परेको छ ।’

आर्थिक अवस्था न्यून भएको समुदायसँग प्रतिरोधात्मक क्षमता कम हुने बताए । ‘आर्थिक अवस्था न्यून भएका समुदाय पहाड तथा खोलाको वगरमा बसोबास गरेका हुन्छन्,’ विज्ञ  डा मदन भने, ‘उनीहरुसँग पूर्व सुचना पुगेका हुँदैनन्, जसका कारण क्षती हुन्छ ।’ २५ प्रतिशत गरिबी छन् भन्ने तंथ्याक छ । जसमा ४० प्रतिशत दलित  समुदायका भएको उनले जानकारी दिए । ‘दलित समुदाय धेरै भूमि विहिन छन् सुरक्षित बसोबास नभएका कारण वर्ष पहिरो र भूक्षयले छिटै प्रभाव पार्छ,’ उनी भन्छन,  ‘बसोबास पनि जोखिम स्थानमा बनाएका हुन्छन् ।’ त्यसैले जलवायु परिवर्तनका कारण  दलित तथा सीमान्तकृत वर्ग जोखिममा हुने उनको भनाई  छ ।

हरेक स्थानमा बाढी–पहिरोको पूर्व सुचना न्यूनतम ८–१० घण्टा अगाडि दिनसक्ने व्यवस्था गर्न सकिएको छैन । त्यसैले पनि जलवायु परिवर्तनका कारण घट्ने घटनालाई नियन्त्रण गर्न नसकिएको उनले बताए । प्राकृतिक स्रोतलाई व्यवस्थापन गर्न नसक्दा जलवायु परिवर्तबाट पीडित हुनुपरेको जलवायु विज्ञ सुनिता खड्काले बताइन् । अहिलेको जथाभावी सडक र बनविनास गर्न थालिएको जानकारी दिइन् । सीमान्तकृत र दलित समुदायलाई अझै बढी प्रभाव पार्छ । दलित र सीमान्तकृत समुदायका व्यक्तिहरु असुरक्षित स्थानमा बसोबास गर्छन् । जसका कारण जलवायु परिवर्तनका कारण बढी प्रभावित हुने बताइन् ।

जलवायु परिवर्तनले कृषि क्षेत्रमा धेरै समस्या आउन थालेको  धारण राख्छन् । कृषि विज्ञ निर्मल गदाल भन्छन, ‘नेपालमा गत वर्ष सलल किरा आउनु पनि जलवायु परिवर्तनका कारण हो ।’ ‘जलवायु परिवर्तनले विश्वमा २२ प्रतिशत असर पुगेको एक अध्ययनमा उल्लेख गरिएको छ,’ उनले भने, ‘जिवित बस्तुलाई रोपेर जिवित बस्तु नै उत्पादन गर्नुपर्ने भएका कारण जलवायू प्रभावका कारण समस्यामा पर्छ ।’

तपाईको प्रतिक्रिया