तेह्रथुम । कम्प्युटर एशोसिएसन नेपाल  (क्यान) महासंघ तेह्रथुमको प्रथम जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट भएको अधिवेशनबाट कम्प्युटर एशोसिएसन नेपाल महासंघ तेह्रथुमको अध्यक्षमा रोशन श्रेष्ठ चयन भएका छन् । जिल्ला समितिको उपाध्यक्षमा श्रृष्टी फोम्बो, सचिवमा दिपक भण्डारी, सहसचिवमा विकास श्रेष्ठ र कोषाध्यक्षमा रमेश खड्का रहेका छन् ।

सदस्यहरूमा जर्मन सुब्बा, विवेक पोखरेल, विरेन्द्र ढकाल र सुजन कुरूङवाङ रहनु भएको छ । अधिवेशन केद्रिय सचिव प्रदेस नं.२ का भुपालदास श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रदेश नं.१ का केद्रिय सचिव ठाकुर श्रेष्ठ,  प्रदेश १ का अध्यक्ष भाव तिम्सिना विशेष आतिथ्यता र नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बास्तोलाको आतिथ्यतामा भएको हो ।

अधिवेशन कम्प्युटर एशोसिएसन नेपाल महासंघ तेह्रथुम संयोजक रोशन श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया