तेह्रथुम, ३ पुष । तेह्रथुमको आठराई गाउँपालिका–४, इवास्थित केलिङ आधारभूत विद्यालयलाई स्थानीय एक व्यक्तिले २ लाख रुपैयाँ मुल्य बराबरको दुई आना जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

विद्यालयको भवन निर्माणका लागि स्थानीय कविहाङ ईङनामले विद्यालयसँगै जोडिएको कित्ताबाट कटाएर २ आना जग्गा प्रदान गर्नुभएको हो । ईङनामले जग्गा उपलब्ध गराएपछि अब विद्यालयलाई अत्यावश्यक भवन निर्माणकालागि बाटो खुलेको प्रधानाध्यापक दलबहादुर ईङनामले बताउनुभयो ।

विद्यालयलाई चालु आर्थिक वर्षमै भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले अनुदान उपलब्ध गराएको छ । विद्यालय परिसरमा आवश्यक जग्गा नहुँदा विद्यालयलाई भवन निर्माणको काम अघि बढाउन समस्या भएको थियो ।

तपाईको प्रतिक्रिया